Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

पौने ३ अर्बको आईपीओ निष्कासनका लागि १० कम्पनीको आवेदन

पौने ३ अर्बको आईपीओ निष्कासनका लागि १० कम्पनीको आवेदन

काठमाडौं, २२ साउन । यस वर्षको पहिलो तीन महिनामा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि १० कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवदेन दिएका छन् । उक्त कम्पनीहरूले कुल २ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । उक्त आवेदनउपर प्रारम्भिक अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ

वैशाख २१ गतेदेखि साउन १३ गतेसम्मको अवधिमा आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमा सबैभन्दा बढी जलविद्युत् र वित्त कम्पनी रहेका छन् । चार÷चार वटा जलविद्युत् र वित्त कम्पनीले आईपीओ निष्कासनको अनुमति मागेको बोर्डको तथ्यांक छ ।

आईपीओका लागि आवेदन दिएका उक्त कम्पनीहरूमध्ये सबैभन्दा बढी कित्ता रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले ११२ प्रिमियम सहितको ६० लाख कित्ता शेयर निष्कासनको अनुमति माग गरेको छ । यस्तै दोस्रोमा शेयर मोलुङ हाइड्रोपावर कम्पनीले प्रस्ताव गरेको छ । कम्पनीले कुल ३५ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएको हो ।

सो अवधिमा आईपीओ निष्कासनको अनुमतिका लागि आवेदन दिने कम्पनीमा फाइनान्सतर्फ नेस्डो लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्तीय वित्तीय संस्था रहेका छन् भने जलविद्युत्मा मोलुङ हाइड्रोसहित दोर्दीखोला जलविद्युत् कम्पनी, अपर हेवाखोला हाइड्रोपावर कम्पनी र रिभर फल्स हाइड्रोपावर कम्पनी रहेका छन् । अन्य दुई कम्पनीमा बीमातर्फ रिलायबल लाइफ र अन्यमा इमर्जिङ नेपाल लिमिटेड रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x