Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पर्यटन बोर्डद्वारा मिस्टर नेपाल–२०१९ का विजेता डा. उपाध्यायलाई बिदाइ

काठमाडौं, २५ साउन । नेपाल पर्यटन बोर्डले पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल–२०१९ का विजेता डा. सन्तोष उपाध्यायलाई बिदाइ गरेको छ । बोर्डको बिदाइसँगै डा. उपाध्याय प्रतियोगिताको लागि शनिवार पोल्याण्ड प्रस्थान गर्नु भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले उपाध्यायलाई नेपाली खादासहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । अगस्ट १२ बाट बन्द प्रशिक्षण सहित आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१ को फाइनल अगस्ट २२ मा हुनेछ ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले उपाध्यायले प्रतिनिधत्व गर्ने यस प्रतियोगिताले विश्वमञ्चमा नेपालको परिहचानलाई थप उजागर गर्ने बताए । ‘विश्वमा विभिन्न देशबाट प्रतिनिधत्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ । नेपाल साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सन्देश दिँदै आयोजक र सहभागिलाई नेपाल प्रति आकर्षित गर्न सकिन्छ । यसले नेपालको पर्यटनमा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव पार्ने नै छ,’ उनले भने ।

बिदाइ कार्यक्रममा डा. उपाध्यायले आफूले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताए । आफुले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी उनले दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x