Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मौद्रिक नीति सार्वजनिकमा ढिलाइले आर्थिक क्षेत्र अलमलमा

मौद्रिक नीति सार्वजनिकमा ढिलाइले आर्थिक क्षेत्र अलमलमा

काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरेकोमा यसपटक तेस्रो साता बितिसक्दा समेत सार्वजनिक गर्ने छाँटकाँट देखिएको छैन । उसो त राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी थालेको थियो । तर त्यहीबेला सरकार परिवर्तन भएपछि नयाँ सरकारको प्राथमिकतालाई समावेश गर्न मौद्रिक नीति सार्वजनिकमा ढिलाइ भएको बुझिएको छ ।

मौद्रिक नीति सार्वजनिकमा ढिलाइ गर्दा वित्तीय स्थायित्वमा खलल पुग्ने र नीतिगत अस्थिरता हुने भन्दै तत्काल सार्वजनिक गर्नुपर्ने पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले बताए ।

अहिले कोरोना प्रभावित उद्योगी, व्यवसायी, बैंकर्स एवम् ऋणी राहतका लागि मौद्रिक नीतिको पखाईमा छन् । केन्द्रीय बैंकले बजेटमा छुटेका राहतका प्याकेज तथा अन्य नीतिगत व्यवस्थालाई मौद्रिक नीतिमार्फत् सम्बोधन गर्न सक्छ । यो अवस्थामा मौद्रिक नीति आउन ढिलाइ हुँदा सिंगो आर्थिक क्षेत्र अलमलमा पर्ने भएकाले प्रधानमन्त्री र मन्त्रीहरूलाई विश्वासमा लिएर मौद्रिक नीति तत्काल सार्वजनिक गर्नुपर्ने नेपालको भनाइ छ ।

यस्तै नयाँ आर्थिक वर्ष सुरु भइसकेकाले सरकारले पनि बजेट परिमार्जन गर्ने नाममा धेरै समय खेर फाल्न नहुने सरोकारवालाहरूले सुझाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x