Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

गत वर्ष ल्याइएको पुनरकर्जा कार्यक्रमलाई निरन्तरता

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति २०७८/७९ ले गत वर्ष ल्याएको पुनरकर्जा कार्यक्रमलाई निरन्तरता दिएको छ । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले कोभिड–१९ महामारीबाट प्रभावित उद्योग÷व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनरकर्जाको व्यवस्थालाई निरन्तरता दिएको हो । गत आर्थिक वर्षमा व्यवस्था गरिएको पुनरकर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुनरकर्जा सुबिधा उपलब्ध हुने व्यवस्था मिलाइने बताइएको छ ।

पुनरकर्जा सुबिधा उपलब्ध गराउँदा लघु, घरेलु, साना तथा मझौला उद्यम÷व्यवसायलाई प्राथमिकता दिइने उल्लेख छ ।

त्यस्तै कोभिड–१९ महामारीका कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन उद्योग लगायतका व्यवसाय पुनरुत्थानको लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *