Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

एनआईसी एशिया बैंकको कर्जा लगानी २ खर्ब ६५ अर्ब, २ अर्ब २५ करोड खुद मुनाफा

एनआईसी एशिया बैंकको कर्जा लगानी २ खर्ब ६५ अर्ब, २ अर्ब २५ करोड खुद मुनाफा

काठमाडौं, ३० साउन । गत आ.व. २०७७÷७८ मा एनआईसी एशिया बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याएको छ, जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै रहेको बैंकले दाबी गरेको छ । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७÷७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ । यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २९८ अर्ब पु¥याएको छ ।

बैंकले आ.व. २०७७÷७८ मा रू. ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी रू. २८.११ पु¥याएको छ । त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ ।

बैंकले आ.व. २०७७÷७८ मा ४६६,४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *