नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता
काठमाडौं, ३ भदौ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंक मार्फत आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् ।
साथै यस सम्झौता पश्चात दुइ बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।