Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेजन र केयूले अर्थतन्त्रका मुद्दामा सहकार्य गर्ने

सेजन र केयूले अर्थतन्त्रका मुद्दामा सहकार्य गर्ने

काठमाडौं, ४ भदौ । अर्थतन्त्रका विविध विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) काठमाडौं युनिभर्सिटी (केयू)बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
केयुका उपकुलपति प्राडा भोला थापाको उपस्थितिमा बिहीवार सेजनका अध्यक्ष भीमप्रसाद गौतम र केयू स्कूल अफ आर्ट्सका डिन प्राडा. सागरराज शर्माबीच सहकार्यको सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अर्थतन्त्रसँग सम्बन्धित नीति, सार्वजनिक संवाद, तालिम, अभिमुखीकरण, अन्तरकृयाका साथै अध्ययन अनुसन्धानमा सहकार्य हुनेछ ।

काठमाडौं युनिभर्सिटीले नेपालको अर्थतन्त्र माथि उकास्न विभिन्न कार्य गरे पनि त्यसलाई जनतासामु लैजान नसकेको उपकुलपति डा. थापाले बताए । ‘केयूले विभिन्न क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘तर, जनता तथा नीति निर्मातासामु लैजान सकिएको छैन । हामीले गरेको कार्यलाई मिडियामार्फत जनतासामु लैजान सेजनले महत्वपूर्ण भूमिका निर्वाह गरोस् ।’

आर्थिक पत्रकार समाजका अध्यक्ष गौतमले केयूले गर्ने हरेक अध्ययन तथा अनुसन्धानमा सेजनका सदस्यलाई सहभागी गराएर लैजान आग्रह गरे । त्यसका अलावा उनले केयूबाट हुने हरेक गतिविधि आर्थिक पत्रकारलाई महत्वपूर्ण हुने उनको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x