Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं, ५ भदौ । गत साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साताको तुलनामा उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ९ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।

गत साता ६८२२.३६ विन्दुमा रहेको उत्पादन तथा प्रशोधन समूहको परिसूचक यो साता ७४५५.३८ विन्दुमा पुगेको छ । त्यस्तै यो साता विकास बैंक समूहको परिसूचक ६.६३ प्रतिशत वृद्धि भएको छ । लघुवित्तको ३.९८ प्रतिशत र वित्त समूहको पनि ३.७४ प्रतिशत यो साता परिसूचक बढेको छ ।

यी सँगै निर्जीवन बीमा समूहको ०.७७ प्रतिशत, जीवन बीमाको ०.०४ प्रतिशत र लगानी समूहको ०.२६ प्रतिशत परिसूचक बढेको छ । यो साता होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

गत साता ३७६३.८३ विन्दुमा रहेको होटल्स तथा पर्यटन समूहको परिसूचक यो साता ४.१७ प्रतिशत घटेर ३६०६.५९ विन्दुमा झरेको हो । यो सँगै म्युचुअल फण्डको ३.६६ प्रतिशत, बैंकिङको २.०३ प्रतिशत, अन्यको २.०५ प्रतिशत, जलविद्युतको १.६२ प्रतिशत र व्यापार समूहको ०.३५ प्रतिशत परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x