Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर बजार ३३ अंकले बढ्यो

सेयर बजार ३३ अंकले बढ्यो

काठमाडौं, २१ चैत । बुद्यबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजार आज ३३.४९ अंकले बढेर १२२६.४५बिन्दुमा उक्लिएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि सुधार आएको छ । आज एक सय ६२ कम्पनीको ३३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १२ करोड रुपैयाँले बढी हो ।

यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक उकालो लागेको छ । जसमा सबैभन्दा बढी बीमा समूहको परिसूचक २०८ अंकले बढेको छ । त्यस्तै नविल बैंक लिमिटेडको सबैभन्दा धेरै सेयर किनबेच भएको छ भने कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x