खल्तीको १० प्रतिशत क्यासब्याक अफरमा टिकटक भिडियो बनाई पाँच हजार जित्ने अवसर

काठमाडौं, ९ भदौ । खल्ती डिजिटल वालेटले खल्तीको १० प्रतिशत क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई पाँच हजार रुपैयाँ जित्न सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो ।

यस प्रतियोगिताको उत्कृष्ट तीनजना कलात्मक भिडियोहरुले पाँच हजार रुपैयाँ नगद जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १० प्रतिशत क्यास ब्याकलाई रमाइलोढंगमा भिडियो मार्फत् देखाउन सक्नेछन् । खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ । जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १० प्रतिशत क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *