Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

काठमाडौं, १४ भदौ । अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा आएको छ। विगत ८ महिनादेखि सेवा दिँदै आए पनि कोरोना महामारीका कारण औपचारिक शुभारम्भ घोषणा गरिएको थिएन ।

कम्पनीका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आकर्षण बढ्दै गए पनि सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्त बुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट सञ्चालनमा ल्याएको बताए।

ुसाना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको उनले बताए । डोरमिटमा सबै ब्राण्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि विलासिताका वस्तुसम्म गरी १५ हजार भन्दा बढी सामान अर्डर गर्न सकिने जनाइएको छ।

डोरमिटले काठमाडौंको रिङरोडभित्र एक हजार रुपैयाँभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा दिइरहेको जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x