कर्जाको धितो फिर्ता नभएको व्यहोराको समाचारप्रति महालक्ष्मी विकास बैंकको आपत्ति

काठमाडौं, २० भदौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयमा केही सञ्चारमाध्यममा आएका ‘गलत’ समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बैंकले बताएको छ ।

बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्चको विषय भएको बैंकको भनाइ छ ।

बैंक र ग्राहकबीच कर्जा असुलीको क्रममा भएको फरक बुझाइका कारणले गलत समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरिदिनु सरोकारवाला सबैमा बैंकले अनुरोध गरेको छ । भदौ १८ गते शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा ब्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिएको व्यहोरा समेत बैंकले जानकारी गराएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *