Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१० वर्षमा २७ आयोजनाका लागि ८ खर्ब ३३ अर्ब लगानी स्वीकृत

१० वर्षमा २७ आयोजनाका लागि ८ खर्ब ३३ अर्ब लगानी स्वीकृत

काठमाडौं, २१ भदौ । पछिल्लो १० वर्षमा लगानी बोर्ड मार्फत विभिन्न क्षेत्रका २७ वटा आयोजनामा ८ खर्ब ३३ अर्ब रुपैयाँ लगानी स्वीकृत भएर कार्यान्वयनको विभिन्न चरणमा रहेको छ । यो अवधिमा ऊर्जा, खानीजन्य उद्योग, शहरी विकास आयोजना, पर्यटन लगायतका क्षेत्रमा लगानी स्विकृत भएको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।

बोर्डले ६ अर्ब रुपैयाँभन्दा बढीका आयोजनामा लगानी भित्र्याउन सहजीकरण गर्दै आएको छ । बोर्डले आगामी दिनमा लगानी प्रवद्र्धनलाई विशेष जोड दिने जनाएको छ । त्यसका लागि प्रतिवद्धता भएको लगानी भित्र्याउन नीतिगत र प्रक्रियागत सहजीकरण गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा पनि लगानी प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु संचालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यस्तै प्रशासनिक झन्झटले लगानीकर्तालाई निरुत्साहित बनाएको गुनासो सम्बोधन गर्न आवश्यक सुधारका कामहरु तीब्र पारिएको छ भने लगानीकर्तालाई छिटो र सहजरूपमा प्रभावकारी सेवा दिन विभिन्न सुधारका काम भइरहेका छन् । यस्तै संस्थागत ज्ञान भण्डारण, पूर्वाधार विस्तारदेखि लगानीकर्ताका लागि स्वचालित एकद्वार प्रणाली बनाइने भएको छ ।

यसबाहेक बोर्डले लगानी प्रवद्र्धन, प्रभावकारिता अभिवृद्धि तथा दिगोपना कायम गराउने उद्देश्यले रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । योजनाले गुणात्मक लगानी आकर्षण, संस्थागत सुदृढीकरण, लगानी प्रवद्र्धन र अन्तरनियामक समन्वय संरचना विकासलाई मूल आधार बनाएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x