Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सञ्चय कोषको अध्यक्षको जिम्मेवारी कृष्णहरि पुष्करलाई

सञ्चय कोषको अध्यक्षको जिम्मेवारी कृष्णहरि पुष्करलाई

काठमाडौं, २१ भदौ । कर्मचारी सञ्चय कोषको अध्यक्षको जिम्मेवारी सचिव कृष्णहरि पुष्करलाई दिइएको छ। यसअघि अध्यक्ष रहेका राजस्व सचिव रामशरण पुडासैनीले निजामति सेवाबाट अवकास पाएपछि रिक्त पदमा सरकारले हिजो उनलाई नियुक्त गरेको हो ।

उनी अर्थमन्त्रालयको राजस्व सचिव हुन ।

कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रावधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यसको जिम्मेवारी दिने गरिएको छ ।

यस्तै कोषका प्रशासक तुलसी गौतमलाई हटाउने सरकारको निर्णयको विरुद्धमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएपछि उनले पनि जिम्मेवारी सम्हालेका छन् । भदौ पहिलोसाता सरकारले प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण कोषको प्रमुख प्रशासकबाट हटाउने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x