Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी प्रदान

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी प्रदान

काठमाडौं, २४ भदौ । बैंक अफ काठमाण्डूले भक्तपुर अस्पताललाई एक सय ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) एक सय ५० प्याकेट मास्क र एक सय ५० प्याकेट मेडिकल पन्जाहरु सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश थमन बहादुर खत्री अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्र्तगत सहयोग हस्तान्तरण गरेको हो ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x