Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

५२ देशबाट आएको एफडिआईमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा

५२ देशबाट आएको एफडिआईमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा

काठमाडौं, २४ भदौ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)मध्ये ५६ प्रतिशत लगानी औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत लगानी सेवा क्षेत्रमा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’का अनुसार औद्योगिक क्षेत्रमा ५६ प्रतिशत लगानी भित्रिएको छ ।

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिएको अध्ययनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक लगानी मौज्दात ८.५ प्रतिशतले वृद्धि भएर १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ कायम भएको हो ।

प्रतिवेदन अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको उल्लेख छ ।

त्यसै गरी, २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रुपैयाँ, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैयाँ र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x