चालु आर्थिक वर्षको बजेट परिमार्जन, बजेटको आकार १६ खर्ब ३२ अर्ब
काठमाडौं, २६ भदौ । अर्थमन्त्री जनार्दशन शर्माले चालू आर्थिक वर्ष २०७८–०७९ को बजेटको आकार घटाएका छन् । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट बिनियोजना गरेका छन् । मन्त्री शर्माले शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीकाबीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गरेका हुन ।
यसअघिको केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको बजेटको आकार १६ खर्ब ४७ अर्ब रुपैयाँ थियो ।
यस्तै अर्थमन्त्री शर्माले बिनियोजित बजेट मध्ये चालू तर्फ ६ खर्ब ७७ अर्ब रुपैयाँ र पूँजीगत तर्फ ३ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ। यसअघिका मन्त्री पौडेलले चालू तर्फ ६ खर्ब ७८ अर्ब र पूँजीगत तर्फ ३ खर्ब ४७ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेका थिए ।
राजस्वको लक्ष्य भने मन्त्री शर्माले बढाएका छन् । सरकारले १० खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । यसअघिको लक्ष्य १० खर्ब २४ अर्ब रुपैयाँ थियो ।