Date

मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023

नेपाल फाइनान्सले १ः०.७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने

नेपाल फाइनान्सले १ः०.७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने

काठमाडौं, २६ भदौ । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १ः०.७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ छ । हकप्रद पश्चात चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ पुग्ने छ ।

यस्तै साधारण सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने वा एक्विजिशन गर्ने प्रक्रिया अघि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

फाइनान्सले गत असार अन्तिमसाता ललितपुर फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो । हाल नेपाल फाइनान्सको कूल शाखा सख्या १३ वटा रहेको छ । आगामी दिनमा थप शाखा कार्यालय र एक्सटेन्सन काउन्टहरु थप गरेर वित्तीय पहुँच विस्तार गर्दै व्यवसाय अभिबृद्धिमा गर्ने जनाएको छ।

नेपाल फाइनान्स नेपालकै पहिलो फाइनान्स कम्पनी पनि हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x