Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

बैंक तथा वित्तीय संस्थामा १४ प्रतिशतले बढ्यो निक्षेप खाता

बैंक तथा वित्तीय संस्थामा १४ प्रतिशतले बढ्यो निक्षेप खाता

काठमाडौं, २७ भदौ । एक वर्ष अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या १४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन)सम्ममा २७ वाणिज्य बैंक, १८ विकास बैंक र १७ वटा वित्त कम्पनीमा गरी निक्षेप खाताको कुल संख्या ३ करोड ७७ लाख ७० हजार ९८५ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो ३ करोड २४ लाख ५४ हजार २०२ रहेको थियो ।

एक वर्ष अवधिमा बैंक तथा वित्तीय संस्थामा कर्जा खाताको संख्या पनि ९.२९ प्रतिशतले बढेको छ । गत साउनमा तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थामा गरी कुल कर्जा खाता संख्या १७ लाख २ हजार १९५ पुगेको छ । अघिल्लो साउनमा यो १५ लाख ४४ हजार ५९ रहेको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले शाखा सञ्जाल समेत उल्लेख्य संख्यामा बढाएका छन् । गत आवको पहिलो महिना बैंक तथा वित्तीय संस्थाको कुल शाखा सञ्जाल ५ हजार ७४३ वटा रहेकोमा चालू आवको सोही अवधिमा बढेर ६ हजार १५ वटा पुगेको छ, जसअनुसार वाणिज्य बैंकको शाखा ४ हजार ७६६, विकास बैंकको १ हजार २३ र वित्त कम्पनीको २२६ वटा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *