Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआरएनएको आयोजनामा विज्ञ सम्मेलन हुदै

एनआरएनएको आयोजनामा विज्ञ सम्मेलन हुदै

काठमाडौं, २३ चैत । गैरआवासिय नेपाली संघ (एनआरएनए) को आयोजनामा अक्टोवर १२ र १३ तारिखका दिन दुई दिने विज्ञ सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर संघले काठमाडौंमा सो सम्मेलन गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

सम्मेलनमा नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्त, पूर्वाधार तथा सहरी विकास,कृषि तथा खाद्यसुरक्षा लगायतका विभिन्न विद्यामा नीतिगत तथा विषयगत रुपमा छलफल गरिने छ । गैरआवासीय नेपालीहरुको ज्ञान, सीप, प्रविधि एवं पूँजी तथा बौद्धिकतालाई नेपालको दिगो विकास समृद्धिका लागि समयसापेक्ष उपयोग गरिरहेको भन्दै आगामी दिनमा अझ बढाउदै लैजाने बताइएको छ ।

त्यस्तै संघले १४ अक्टोवरमा विधानसभा समेत आयोजना हुने जानकारी दिइएको छ । उक्त विधानसभामा अन्र्तराष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहकार एवं मानार्थ सदस्यहरुले भाग लिने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x