डीजोको पहिलो ब्रान्ड अब नेपालमा
काठमाडौं, २८ भदौ । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ । आफ्ना उपभोक्ताहरुलाई ‘फरक हुन’ र सामाजिकरूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागी आग्रह गदै, डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुती दिएको छ ।
डीजाकोे फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ । डीजोले सबैलाई आफुले बाँचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको जनाइएको छ। डीजो रियलमीका साथ आफ्नो उपभोक्ताहरुको लागी ब्रान्डहरु मध्यको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनेमा प्रतिबद्ध रहेको छ । वास्तवमा, डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ । औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्स जुन रियल मी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ ।
डीजोको फोकस भनेको एआईओटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवन शैलीमा उपयोग गर्न सक्छन् । त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु मा ध्यान केन्द्रित रहेको जनाइएको छ।
कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ । अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन २।८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ ।