Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोड

काठमाडौं, २९ भदौ । नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनञ्जय रेग्मी र नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच सोमबार भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रहि आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिइएको थियो ।

भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो । बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपालले विस्तारै पूर्ण खोप लगाएका पर्यटकबाट पर्यटनलाई सुचारु गर्ने गरी काम गरिरहेको जानकारी दिए । उनले साहसिक पर्यटनमा रुचि राख्ने रुसी पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए । नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए । पर्यटन बोर्ड र नेपाल स्थित रसियन कल्चर सेन्टरसँगको सहकार्यमा भाषा प्रशिक्षण, नेपालको एतिहासिक सहर भक्तपुर र रुसको एतिहासिक सहर ड्रविन बीच भगिनी नगरेको सम्बन्ध स्थापना गर्ने लगायतका विषयमा सहकार्य गरेर काम काम गर्न सकिने उनको भनाइ थियो ।

नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी आन्द्रोसोभाले नेपालको कला संस्कृति र विविधता प्रति रुसी पर्यटक मोहित हुने गरेको उल्लेख गर्दै रुसी नागरिकले नेपाललाई उत्कृष्ट गन्तव्य रुपमा लिने गरेको बताइन् । रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाण्डौंका निर्देशक समेत रहेकी उनले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान प्रदान गर्न आफुहरु सदा तयार रहेको बताएकी छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x