Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

डिजिटल बैंकिङमा आकर्षण : १६ प्रतिशतले बढे मोबाइल तथा इन्टरनेट बैंकिङका ग्राहक

डिजिटल बैंकिङमा आकर्षण : १६ प्रतिशतले बढे मोबाइल तथा इन्टरनेट बैंकिङका ग्राहक


काठमाडौं, २९ भदौ । व्यस्त जीवनशैली, प्रविधिको सचेतता र पछिल्लो समय कोभिड महामारीको जोखिमले डिजिटल बैंकिङमा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । कोभिडका कारण सबैजसो क्षेत्र प्रभावित हुँदा बैंकिङ प्रणालीको डिजिटलीकरणमा भने सकारात्मक टेवा पुगेको छ । खर्च, समय र अनावश्यक झञ्झट कम गर्न बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवा डिजिटल प्रणालीमा लैजान पहिलेदेखि नै गर्दै आएको पहललाई कोभिड महामारीले थप सार्थक तुल्याइदिएको तथ्यांकहरूले नै देखाएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विगत एक वर्ष अवधिमा डिजिटल माध्यमबाट हुने कारोबार रकमका साथै यसका सेवाग्राह समेत बढेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन हेर्दा गत आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा चालू आर्थिक वर्षको सोही महिना मोबाइल तथा इन्टरनेट बैंकिङका ग्राहक करिब १६ प्रतिशतले बढेको पाइएको छ ।

प्रतिवेदनका अनुसार गतवर्षको साउनको तुलनामा यस वर्षको सोही महिना मोबाइल बैंकिङका मात्रै २०.३५ प्रतिशतले बढेका छन् । यस्तै इन्टरनेट बैंकिङतर्फ ११.१३ प्रतिशतले ग्राहक थपिएका छन् । गत वर्षको साउन मसान्तसम्ममा मोबाइल बैंकिङका ग्राहकको संख्या १ करोड १३ लाख ६ हजार ७९७ रहेकोमा गत साउनमा १ करोड ४१ लाख ९४ हजार ८३९ पुगेको छ । यसैगरी गतवर्ष इन्टरनेट बैंकिङतर्फ कुल ग्राहक १० लाख ३१ हजार २२७ जना रहेकोमा गत महिनासम्ममा बढेर ११ लाख ६० हजार ३२१ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x