Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कर्णालीको उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ६ अर्ब ६९ करोड कर्जा लगानी

कर्णालीको उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ६ अर्ब ६९ करोड कर्जा लगानी

काठमाडौं, ३० भदौ । कर्णाली प्रदेशको उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँ रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश) प्रथम अर्धवार्षिक अर्धवार्षिक प्रतिवेदन २०७७÷७८’ का अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा १७.५० प्रतिशतले बढेर ६ अर्ब ६९ करोड पुगेको हो ।

गतवर्षको सोही अवधिमा यस्तो कर्जा ४७.४२ प्रतिशतले बढेको थियो ।

कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश १५.७० प्रतिशत रहेको छ । उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी ७४.५५ प्रतिशत निर्माण सम्बन्धी उद्योगहरुमा प्रवाहित भएको छ भने सबैभन्दा कम ०.५५ प्रतिशत कर्जा खानी सम्बन्धी उद्योगहरुमा लगानी भएको छ । त्यस्तै, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा ८.०७ प्रतिशत र गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगहरुमा १०.२१ प्रतिशत कर्जा प्रवाहित भएको छ ।

साथै, विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगहरुमा १.४८ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी उद्योगहरुमा ५.१५ प्रतिशत औधोगिक कर्जा प्रवाहित भएको देखिन्छ ।

समीक्षा अवधिमा विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६२.२४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा १.०४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, खानी सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ५२.४६ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ३९.२२ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा १६.८१ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ९.६९ प्रतिशतले बढेको छ ।

कर्णाली प्रदेशमा आ.व.२०७६÷७७ मा २,६७० कम्पनी दर्ता भएका छन । योसंख्या देशमा कुल दर्ता भएका कम्पनीहरुको १.१ प्रतिशत हो । यस प्रदेशमा संचालनमा आएका साना तथा घरेलु उद्योगहरुको संख्या १७ हजार ६३ छन् । आर्थिक वर्ष २०७७÷७८ मा उद्योग क्षेत्रमा कर्णली प्रदेशको अंश ३.४२ प्रतिशत रहेको र यस प्रदेशकोउद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पाादनमा योगदान १०.७ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x