Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने

आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने

काठमाडौं, ४ असोज । नजिकिँदै गरेको दशैंलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले आजदेखि पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आजदेखि राष्ट्र बैंकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा सुरु गरेको हो ।

सर्वसाधारणले ५ देखि १ सय रुपैयाँसम्मको एक–एक बन्डल प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् । सर्वसाधारणले नोट नपाएको गुनासो नआओस् भनेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराएको छ । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायतका आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

दशैं, तिहार तथा छठका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जाने गरेको पाइन्छ भने बाँकी बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x