Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपालको आर्थिक पुनरुत्थानमा आवश्यक सहयोग गर्ने विश्व बैंकको प्रतिवद्धता

नेपालको आर्थिक पुनरुत्थानमा आवश्यक सहयोग गर्ने विश्व बैंकको प्रतिवद्धता

काठमान्डौ, ११ असोज । कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दोहोर्याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर आज आफ्नो पाँच दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थमन्त्री श्री जनार्दन शर्मासँग अलग अलग भेट गर्दै उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुनुरूत्थानमा जोड सहितको कोभिड प्रतिकार्यको सराहना गरे । उक्त बैठकहरूले सुधार कार्यान्वयन तथा द्रुत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएका थिए ।

नेपालको हरित, उत्थानशील र समावेशी विकास सम्बन्धी गत असोज सात गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको साथमा सहभागी भएको थियो । उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्य लगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरू सहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x