Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

शनिवार काठमाडौंमा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट हुँदै

शनिवार काठमाडौंमा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट हुँदै

काठमाडौं, १५ असोज । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले शनिवार (असोज १६ गत)े काठमाडौंको प्रेसिडेन्सियल बिजनेश स्कुलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्टको आयोजना हुनेभएको छ। लिभिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागिता रहने जनाइएको छ।

भिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागिता रहने जनाइएको छ।आइसिटी अवार्डको छैटौं संस्करण अन्तर्गत केही समयअघि अनलाइन आवेदन खुल्ला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको र त्यसमध्ये स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा दुई चरणको छनौटपश्चात् छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीहरूले फेस्टमा आफ्नो प्रडक्ट तथा इन्नोभेसन प्रस्तुत गर्नेछन् । प्रदर्शनीमा ४० बढी स्टार्टअप तथा इन्नोभेसनको स्टल रहनेछ । फेस्ट अन्तर्गत नै शुक्रवार मेन्टरिङ सेसनसमेत सञ्चालन गरिँदैछ । नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्य, हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती र एप्लाईजबका अध्यक्ष राजेन्द्र गिरीले स्टार्टअपहरूलाई मेन्टरिङ गर्नेछन् ।

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एसोसिएसन विथ जिनस, पावर्ड वाई ह्वावे कार्यक्रममा विभिन्न ३ विधामा उत्कृष्ट १० तथा ११ को नाम घोषणा गरिएको छ । आइसिटी अवार्डको जुरी समितिले स्टार्टअप आइसिटी अवार्ड उत्कृष्ट १० तथा राइजिङ स्टार इन्नोभेसन र प्रोडक्ट आइसिटी अवार्डको उत्कृष्ट ११ को नाम सार्वजनिक गरेको हो । जुरी समितिले विभिन्न चरणको मूल्यांकन पश्चात् उत्कृष्ट १० र ११ को घोषणा गरेको हो । लिभिङ विथ आइसिटी आयोजना गरेको आईसिटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x