Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रदेश सरकारले पनि पूँजीगत खर्च गर्न सकेनन् : मन्त्री खड्का

प्रदेश सरकारले पनि पूँजीगत खर्च गर्न सकेनन् : मन्त्री खड्का

मकवानपुर, २२ असोज । बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले केन्द्र मात्रै होइन, प्रदेश सरकारहरुले पनि अपेक्षा अनुसार पुुँजीगत खर्च गर्न नसकेको स्वीकार गरेकी छिन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवलायसँगको सहकार्यमा बागमती प्रदेशका आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थासम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रममा मन्त्री खड्काले यस्तो बताएकी हुन् ।

मन्त्री खड्काले कर्मचारीको क्षमता, राजनीतिज्ञको अक्षमता वा नीतिगत अभाव के कारण खर्च हुन नसकेको हो त्यसमा ध्यान दिन सरोकारवालालाई आग्रह गरिन् । वित्तीय संघीयता सफल बनाउन सबै तहका सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले बजेट खर्च सँगै राज्यको आम्दानी पनि हेर्न आवश्यक रहेको बताए । राज्यको जसरी आम्दानी गर्छ सोही अनुसार नै खर्च गर्ने जानकारी गराए । यो विषयमा वास्तविक सूचना सम्प्रेषण नुहँने, नागरिकमा जानु पर्ने सूचना गलत जाँदा कतिपय समयमा भ्रम सिर्जना हुने गरेको उनको भनाई छ ।

हेटौडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आर्थिक अनियमिततालाई उजागर गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) का सदस्य सचिव गोरखबहादुर शाहीले सार्वजनिक खर्चको विषय सबैले जानकारीमा राख्न आवश्यक रहेको बताए । उनले नेपालमा सामाजिक दायित्व, पेन्सनको दायित्व निकै बढेको, विकास निर्माण प्रभावकारी नभएको र त्यसको लाभग्राहीले समयमा नै लाभ लिन नसकेको विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x