Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

काठमाडौं, २५ असोज । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट १३.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x