Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ब्याजदर वृद्धिमा राष्ट्र बैंकको लगाम, आधा दर्जन बैंक बढी प्रभावित हुने

ब्याजदर वृद्धिमा राष्ट्र बैंकको लगाम, आधा दर्जन बैंक बढी प्रभावित हुने

काठमाडौं, ३ कात्तिक । बैंक तथा वित्तीय संस्थाहरूले गरेको ब्याजदर वृद्धिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेपछि आधा दर्जन बैंक बढी प्रभावित हुने भएका छन् । वाणिज्य बैंकहरूले निक्षेपमा ११.६६ प्रतिशतसम्म ब्याजदर कायम गरेपछि मंगलवार साँझ केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई तीनबुँदे निर्देशन जारी गरेपछि ब्याजदर घटाउनुपर्ने बाध्यतामा बैंकहरू छन् ।

राष्ट्र बैंकको उक्त निर्देशनको कार्यान्वयन आव (बुधवार)देखि नै हुनेछ । यसअघि असोजमा तय भएको ब्याजका आधारमा अब बैंकहरूको नयाँ ब्याजदर निर्धारण हुनेछ ।

राष्ट्र बैंकको सो निर्देशन अनुसार बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन नपाउने व्यवस्था गरिएको छ । साथै व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले कात्तिक महिनाका लागि प्रकाशित ब्याजदर परिवर्तन गरी यही कात्तिक ३ गतेभित्र संशोधन गरी ५ गतेभित्र दैनिक पत्रिकामा प्रकाशित गर्न पनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकको उक्त निर्देशनपछि आधा दर्जन बैंक समस्यामा पर्ने भएका छन् । तीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंक र हिमालयन बैंक प्रभावित हुनेछन् । यससँगै एनबी, लक्ष्मी, सिभिल र एनसीसी र सिद्धार्थ बैंक समेत प्रभावित हुने देखिएको छ । यी बैंकहरूको निक्षेपको ब्याजदर अन्य बैंकको तुलनामा धेरै भएकाले राष्ट्र बैंकको निर्देशनको प्रत्यक्ष प्रभाव पर्ने भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x