बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाडौं गेष्ट हाउसका होटल तथा रिसोर्टमा विशेष छुट
काठमाडौं, ८ कात्तिक । काठमाडौँ र बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले काठमाडौँ गेष्ट हाउसका होटल तथा रिसोर्टहरूमा विशेष छुट पाउने भएका छन् । बैंक र गेष्ट हाउसबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको हो ।
बैंकका अनुसार सो सम्झौतापश्चात उक्त गेष्ट हाउसले ग्राहकहरूलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ । यस सम्झौता पश्चात् ग्राहकले काठमाण्डौं गेस्ट हाउसको म्युजियम अफ नेपाली आर्ट प्रवेशमा शुल्कमा ५० प्रतिशत छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै काठमाडौँ गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी क्बलअतगबचथ लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ट १५ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ
काठमाडौँ गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखी देशको प्रमुख शहरहरुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।