Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौंबीच डिजिटल इकोसिस्टम विस्तारको लागि सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौंबीच डिजिटल इकोसिस्टम विस्तारको लागि सहकार्य

काठमाडौं, ८ कात्तिक । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौंसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सी.एक्स.ओ प्रताप श्रेष्ठ तथा बिजनेश डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ र बैंक अफ काठमाडौँको तर्फबाट कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स प्रमुख अमर राजभण्डारी तथा कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स अफिसर डिलन शाक्यले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाडौंसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अ, बैंक अफ काठमाडौँैसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।
नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ३० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x