Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दुग्धपदार्थको माग तथा खपत बढ्यो

दुग्धपदार्थको माग तथा खपत बढ्यो

काठमाडौं, १३ कात्तिक । कोरोना संक्रमणको दर घटेर जनजीवन सामान्य बन्दै गएपछि दुग्धपदार्थको माग तथा खपत बढेको छ । विशेषगरी होटल, रेष्टुराँ, पार्टी प्यालेस, विद्यालय÷होस्टेल, कलकारखानालगायत सञ्चालनमा आएपछि दुग्ध पदार्थको माग बढेर अभाव समेत सृजना भएको छ ।

नेपालमा दैनिक ४० देखि ४२ लाख लिटर दूधको माग हुने गरेकोमा हाल ३० देखि ३२ लाख लिटर मात्रै आपूर्ति रहेको नेपाल डेरी एसोसिएसनले बताएको छ । लकडाउन तथा निषेधाज्ञाका बेला दूध विक्री नहुँदा धूलो दूध, बटर, चीज बनाएर भण्डारण गरिएकोमा हाल सबै रित्तिन थालेको व्यवसायीले बताएका छन् ।

यसैगरी सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा समेत धूलो दूध र बटरको अभाव हुन थालेको छ । तिहार, छठ लगायत चाडपर्वमा घिउको माग अत्यधिक हुने गरेको छ । तर घ्यू उत्पादनका लागि पर्याप्त बटर नहुँदा अभाव हुने देखिएको छ । संस्थानसँग हाल ७० हजार मेट्रिक टन बटर रहेको छ, जुन घिउको बजार माग धान्न पर्याप्त नभएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x