Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अन्ततः नबिल बैंकले घोषणा गर्‍यो लाभांश : ३३.६ प्रतिशत बोनस शेयर, ४.४ प्रतिशत नगद लाभांश दिने

अन्ततः नबिल बैंकले घोषणा गर्‍यो लाभांश : ३३.६ प्रतिशत बोनस शेयर, ४.४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १६ कात्तिक । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस शेयर र ४.४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको स्रोतले जानकारी दिएको छ ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये नबिलले आकर्षक लाभांश दिँदै आएको छ । सोही अनुसार बैंकले यस वर्ष पनि यसलाई निरन्तरता दिएको देखिन्छ । बैंकले आर्थिक वर्षमा २०७७-७८ को नाफाबाट सेयरधनीलाई कति लाभांश दिन्छ भन्ने धेरैको चासोको विषय बनेको थियो । गत आर्थिक वर्षमा बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x