Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

५.२२ अंकले बढ्यो बजार, परिसूचक साढे २८०० विन्दुमा

५.२२ अंकले बढ्यो बजार, परिसूचक साढे २८००  विन्दुमा

काठमाडौं, १७ असोज । बुधबार नेप्से परिसूचक ५.२२ अंकले वृद्धि भएको छ । गत कारोबारको तुलनामा परिसूचक ०.१८ प्रतिशतले वृृद्धि भएर २८४८.८४ विन्दुमा रोकिएको छ । कारोबारमा आएका २२९ धितोपत्रको ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा खरिद वक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा व्यापार समूह ८.८३ प्रतिशत, होटल तथा पर्यटन समूह १.८३ प्रतिशत, निर्जीवन बीमा समूह ०.८६ प्रतिशत, जीवन बीमा समूह ०.३१ प्रतिशत र लगानी समूह ०.२७ प्रतिशत रहेका छन् ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री महालक्ष्मी विकास बैंक लिमिटेड, आइसी एफसी फाइनान्स र साहास ऊर्जा लिमिटेडको भएको छ ।

सर्वाधिक मूल्यको शेयर कारोबार नविल बैंक लिमिटडको भएको छ । यो बैंकको १ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x