Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको ‘इआइए’ सम्पन्न

दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको ‘इआइए’ सम्पन्न

महेन्द्रनगर, २५ कात्तिक । कञ्चनपुरको दोधारा चाँदनीका स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (इआइए)को काम सकिएको छ । दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खा बन्दरगाहको कागजी कामसमेत सकिएको वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

“केही समयअघि मात्रै इआइएका लागि फिल्डमा काम थालेका थियौँ”, निर्देशक गजुरेलले भने, ‘सुक्खा बन्दररगाहको सम्भाव्यता अध्ययन र गुरुयोजनासमेत बनिसकेको छ ।’ इआइए स्वीकृतिपछि अन्य काम थालिने उनले बताए । विसं २०६२÷०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सारेको थियो । यहाँ स्थापना हुने सुक्खाबन्दररगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ ।

तीन वर्ष दश महिनाभित्र सुक्खा बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । सुक्खा बन्दरगाह भित्र कष्टम, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्यांक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायत संरचना बन्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x