२६.४४ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ७३ करोडभन्दा बढीको कारोबार

काठमाडौं, २९ कात्तिक । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजारमा २६.४४ अंकको सुधार आएको छ । साताको पहिलो दिन झीनो अंकले घटेको नेप्से परिसूचक यस दिन बढेर २७१५.३५ अंकमा बन्द भएको हो ।

सोमवार २२८ कम्पनीको ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । कम्पनीहरूको ५९ हजार ३१६ पटक शेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

यस दिन सर्वाधिक नाफा कमाउनेमा बोटलर्स नेपाल तराई र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । सर्वाधिक गुमाउनेमा भने एभरेस्ट इन्स्योरेन्स कम्पनी रहेको छ ।

सोमवार सर्वाधिक कित्ता शेयर कारोबार समेत महिला लघुवित्त वित्तीय संस्थाको भएको छ । सो कम्पनीको शेयर ३५ करोड ४६ लाख रुपैयाँभन्दा बढीको किनबेच भएको हो । यस दिन कारोबारमा आएका सबै समूहको सूचक बढेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *