रिपो र स्थायी तरलता सुविधामार्फत १० खर्ब ८ अर्ब तरलता प्रवाह
काठमाडौं, २ मंसिर । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा रिपो र स्थायी तरलता सुविधामार्फत १० खर्बभन्दा बढी तरलता प्रवाह गरिएको छ । नेपाल राष्ट्र बैंकले सो अवधिमा रिपोमार्फत १ खर्ब ८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरेको हो ।
केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)मा अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी ?।१४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ९४ करोड विक्री गरी १ खर्ब ११ अर्ब ५३ करोड बराबरको भारतीय ?पैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८४ करोड विक्री गरी ९९ अर्ब ६४ करोड बराबरको भारतीय ?पैयाँ खरिद भएको थियो ।
उक्त अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब तरलता प्रशोचन भएको थियो ।