Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

‘आईएमई डबलको डबलको डबल’ अफरका विजेता घोषणा

‘आईएमई डबलको डबलको डबल’ अफरका विजेता घोषणा

काठमाडौं, ३ मंसिर । आईएमईले २०७८ का चाडपर्वलाई लक्षित गरी ल्याएको ‘आईएमई डबलको डबलको डबलर’ अफरका अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । बिहीबार सार्वजनिक गरिएको नतिजा अनुसार आईएमई सेवाग्राही दोलखाका जियेश दाहाल विजेता छनोट भएका छन् । विजेताले १२ लाख ५२ हजार ४६४ रुपैयाँ जितेका छन् । उनले युएईबाट आइएमई गरेका थिए । आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत विजेता छनोट गरेका थिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रूपका अध्यक्ष ढकालले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको भन्दै रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको भन्दै उनले अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमई जहिले पनि आम सर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रूपमा विकास भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणका समस्या समाधान गर्ने प्रयास आइएमईले हरेक वर्ष गर्दै आएको उनले उनको भनाइ छ ।

५७ दिनका लागि कायम आईएमइको सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरी कुल २१ जना लाभान्वित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x