शेयर बजारमा झीनो सुधार, बढ्न सकेन कारोबार
काठमाडौं, ६ मंसिर । साताको दोस्रो दिन सोमवार शेयर बजारमा झीनो सुधार भएको छ । यस दिन नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४३ अंकमा बन्द भएको छ ।
यस दिन परिसूचकमा झीनो सुधार भए तापनि कारोबार रकम भने बढ्न सकेको छैन । सोमवार २२४ कम्पनीको ७२ लाख ५९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमवार सर्वाधिक नाफा कमाउनेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै धेरै गुमाउनेमा भने एभरेष्ट इन्स्योरेन्सको प्रवद्र्धक शेयर रहेको छ । सो कम्पनीको उक्त शेयरको मूल्य ४.१४ प्रतिशतले बढेको छ ।
यस दिन कारोबारका आधारमा समेत महिला लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको शेयर ३४ करोड ४१ लाखभन्दा बढीको कारोबार भएको हो ।