Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश

गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश

काठमाडौं, १५ मंसिर । गरिमा विकास बैंक आज मंसीर ७ गते आफ्नो १४ औं वर्ष पूरा गर्दै १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले ‘एक्सेस टु अल’ नारासहित बैंकीङ सेवा प्रवाह गरिरहेको छ । बैंकले यो यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी लगानीकर्ता, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरुप्रति कृतज्ञता प्रकट गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गरिरहेको छ । बैंकले रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ ।

यस्तै बैंकले १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x