Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मोबाइल वितरक संघको अध्यक्ष चुल्याद्यो, महासचिवमा त्रिपाठी

मोबाइल वितरक संघको अध्यक्ष चुल्याद्यो, महासचिवमा त्रिपाठी

काठमाडौं, १६ मंसिर । नेपाल मोबाइल बितरक संघको नयाँ कार्यसमिति बनेको छ । काठमाडौंमा बुधबार सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय महाधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षतामा बनेको २३ सदस्यीय कार्यसमिति चयन गरेकोे हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शिवराज पहाडी र उपाध्यक्षमा सायबलाल शाह रहेका छन् ।

यसैगगरी कार्यसमिति महासचिवमा रघु त्रिपाठी, सचिवमा बाल नरसिंह कुँवर, कोषाध्यक्ष अर्जुन धौवडेल र सहकोषध्यक्ष प्रणव तोडी छानिएका छन् । महाधिवेशनको बन्दसत्रले पुरानो कार्यसमितिमा केही हेरफेर गर्दैै नयाँ कार्यसमिति चयन गरेको हो । पाँच वर्षअघि गठन भएको संस्थाको नयाँ कार्यसमितको कार्यकाल विधानतः आगामी दुइ वर्षको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x