Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन

कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन

काठमाडौं, १६ मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका– ५ थलीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार उक्त शाखाको समुदघाट्न गरेका हुन् ।
उक्त अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए । सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने उनको भनाइ थियो । बैंक संचालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाको आधारमा पनि रा.वा.बैंक उत्कृष्ट बन्ने बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ सेवा दिँदैं आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । बैंकको हाल स ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x