Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदूरपश्चिम प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४७.२७ प्रतिशत

सुदूरपश्चिम प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४७.२७ प्रतिशत

काठमाडौं, १९ मंसिर । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अनुसार समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४७।२७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४४.५० प्रतिशत रहेको थियो ।

सो अवधिमा उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको ९.६५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेका छन् । यस्तै औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको २१.४ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा ठूलो लगानीका नयाँ होटलहरु सञ्चालनमा नआएता पनि कतिपय जिल्लामा केही होटलहरु पूर्ण रुपमा बन्द भएका कारण समग्रमा पर्यटकस्तरीय होटल तथा लज संख्यामा ४.४ प्रतिशतले र शैया संख्यामा १.२ प्रतिशतले ह्रास आएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको २०७८ असार मसान्तसम्मको निक्षेप २०७७ असार मसान्तको तुलनामा २०.२ प्रतिशतले र कर्जा प्रवाह ३६।२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षसम्ममा यस प्रदेशमा विभिन्न जलविद्युत आयोजनाहरुबाट ५२ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x