Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पहिलो कारोबार दिन नै ७२.३० अंकले घट्यो शेयर बजार

पहिलो कारोबार दिन नै ७२.३० अंकले घट्यो शेयर बजार

काठमाडौं, १९ मंसिर । गत हप्ता ५ प्रतिशतभन्दा धेरैले घटेको शेयर बजार यस साताको पहिलो दिन नै ७२.३० अंकले ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक २.८० प्रतिशतले घटेर २५१३.८८ अंकमा आइपुगेको छ ।

यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत १४.१५ अंकले घटेर ४७३.३७ अंकमा सीमित रहेको छ । साथै सबै समूहको उपसूचक घटेर राताम्मे भएका छन् ।

आइतवार २२६ वटा कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सर्वाधिक नाफा कमाउनेमा न्यादी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यसैगरी शेयरमूल्य धेरै गुमाउनेमा भने आइसीएफसी फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ८.३२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा भने नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x