Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

कृषि कम्पनीकोे क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचयपत्रको उद्घाटन

कृषि कम्पनीकोे क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचयपत्रको उद्घाटन

काठमाडौं, २५ मंसिर । मुक्तिनाथ कृषि कम्पनीले गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचयपत्र उद्घाटन समारोह गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री तथा डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवि निवारणमन्त्री चन्द्र बहादुर बुढा, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेल लगायत विभिन्न सरकारी निकायहरूको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायीहरु, सहकारीका प्रतिनिधिहरु र मुक्तिनाथ गु्रपसंग आबद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दे अध्यक्ष ढकालले भे, ‘कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायिहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा संचालन गर्न र बढि भन्दा बढि कृषकहरु र कृषि व्यवसायिहरुलाई सेवा उपलब्ध गराउनको लागि प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष अनुसार सर्वप्रथम गण्डकि प्रदेशको लागि कास्कि जिल्ला पोखरा महानगरपालीका स्थित नागढुङगामा कार्यालय तथा कृषि सामाग्रिहरुको प्रदर्शनी स्थलको स्थापना गरेका छौं । साथै गण्डकी प्रदेशभरका कृषकहरु तथा कृषि व्यवसायिहरु लाभान्भित हुने गरी स्थापना गरीएको उल्लेखित कार्यालय तथा कृषि प्रदर्शनि केन्द्र सहित कृषि उद्यमि परिचय पत्रलाई भव्य समारोह बिच उदघाटन गरी समग्र गण्डकि प्रदेशको कृषि क्षेत्रको सवलिकरणमा नीजि क्षेत्रको संथागत अभियान शुरुवात भएको खबर प्रभाह गर्ने अभिप्राय सहित आजको कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रममा गण्डकी प्रदेशको प्रारम्भिक कार्य अवधारणा कम्पनी सचिव तथा वरीष्ठ प्रबन्धक रामशरण तिमल्सिनाले गरेका थिए, जसमा मुख्यतः कृषकसंग मुक्तिनाथ अभियान, कृषि उद्यमी परिचय पत्रको वितरण, कृषि श्रोत केन्द्रहरुको स्थापना, नवप्रवर्तत केन्द्रको शुरुवात, एक स्थानिय संरचना, एक कृषि परियोजना, अर्गानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरु रहेका थिए ।

त्यस्तै कार्यक्रमा बोल्दै मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए ।

विशिष्ट अतिथि चन्द्र बहादुर बुढाले कम्पनीले क्षेत्र विस्तारको क्रममा पहिलो प्रदेशको रुपमा गण्डकिबाट काम शुरु गरेकोमा धन्यवाद दिदै प्रदेश मन्त्रालय नीजि क्षेत्रसंग समन्वय गर्नको लागि तयार रहको र निजि क्षेत्रसँग समन्वय गर्न नीतिनियममा कठिनाई रहेको भए त्यसलाई सुधारेर अघि बढ्न सकिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x