Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

नेपाल लघुवित्तको १ लाख ८० हजार कित्ता (आइपिओ) साधारण सेयर निष्काशन हुदैं

नेपाल लघुवित्तको १ लाख ८० हजार कित्ता (आइपिओ) साधारण सेयर निष्काशन हुदैं

,

काठमाडौं, ४ वैशाख । नेपाल लघुवित्त वित्तिय संस्थाले १ लाख ८० हजार कित्ता (आइपिओ)साधारण सेयर बैशाख १२ गते निष्कासन गर्ने भएको छ । जसको सेयर निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनएमबी क्यापिटललाई तोकेको छ ।

यस संस्थाले प्रतिशेयर १०० रुपैंयाको दरमा सर्वसाधारणका लागि १ लाख ६७ हजार कित्ता, कर्मचारीका लागि ३ हजार ६ सय कित्ता र सामुहिक लगानी कोषका लागि ९ हजार कित्ता शेयर छुट्याएको छ । आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ९ सय कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।

यस संस्थाले जारी गर्न लागेको आइपिओमा छिटोमा वैशाख १६ र ढिलोमा जेठ १० गतेसम्मका लागि बिक्रि खुला रहने कम्पनीले जनाएको छ । आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सि–आस्वा सदस्य बैंक तथा वित्तिय संस्थावाट आवेदन दिन सक्नेछन् ।

आइपिओ निष्कासन पश्चात संस्थापक शेयरधनीको अनुपात ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैंया र सर्वसाधारण शेयरधनीको ३० प्रतिशत १ करोड ८० लाख रुपैंया हुनेछ । हाल यस वित्तीय संस्थाको अधिकृत पूँजी १० करोड रुपैंया र जारी पूँजी ६ करोड रुपैंया रहेको छ ।

हाल ८ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको यस संस्थाको कार्यक्षेत्र सिन्धुपाल्चोक, नुवाकोट र रसुवा रहेको छ । यो संस्था नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x