Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुनर्निर्माणमा इट्टाको चरम अभाव, मूल्य पनि आँकासियो

पुनर्निर्माणमा इट्टाको चरम अभाव, मूल्य पनि आँकासियो

मानमती पाण्डेय
काठमाडौं, ४ बैशाख । २०७२ सालको विनासकारी महाभुकम्पले देशका विभिन्न भागमा ठुलो मानविय एवं भौतिक क्षति पु¥यायो । सोही भुकम्पका कारण काठमाण्डौ उपत्यकाको अधिकांश इट्टा भट्टाहरु पनि बन्द हुन गए । जसले गर्दा अहिले पनि पुर्ननिमाणका लागि आवश्य इट्टाको अभाव देखिएको छ। संचालनमा आएका उद्योगहरु पनि मजदुर र कच्चा पदार्थको अभावमा पूर्ण रुपमा संचालनमा आउन नसक्दा माग अनुसारको उत्पादन हुन सकेको छैन । जसले गर्दा कतिपय स्थानमा आवश्यक इट्टाकै अभावमा पुनर्निर्माणको काम रोकिएको छ भने कतिपय स्थानमा टाढा–टाढाबाट महंगोमा इट्टा आयात गर्न उपभोक्ता बाध्य छन् ।

नेपाल इट्टा उत्पादक महासंघका अनुसार हाल मुलुकभर १ हजारको संख्यामा इट्टा उद्योगहरु सञ्चालनमा छन् । उद्योगहरुले बार्षिक ३ अर्ब भन्दा बढी इट्टा उत्पादन गर्दछन् । काठमाण्डौँका ११२ इटा उद्यागले ५ करोड इटा उत्पादन गर्छ भने बजारको माग ७० करोड रहेको छ । बजार माग पुरा गर्न २० करोड इटा बाहिरबाट आउने गरेको छ ।
पुर्ननिमार्णसँगै अन्य नयाँ भौतिक संरचनाहरु समेत निर्माणको क्रममा रहेको कारण बजारमा इट्टाको अभाव भएको महासंघ उपाध्यक्ष विश्वराम क्वानले जानकारी दिए । त्यस्तै माग अनुसारको इट्टा उत्पादन हुन नसक्दा मूल्य समेत बढेको छ। भूकम्प अघि सम्म प्रतिगोटा ११ रुपैयाँमा पाइने मुल्य अहिले बढेर १६ रुपैयाँ पुगेको छ ।

यससँगै हाल बजारमा होलो कंक्रिट ब्लक, लाइट वेट ब्रिक र कम्प्रेस्ड प्रविधीमा आधारित इट्टाको प्रयोग बढ्दै गएपनि परम्परागत माटो पकाएर तयार पारिएका इटाको प्रयोगमा कमी नआएकोे व्यापारीहरु बताउछन् । इट्टा बनाउने नयाँ प्रविधीले इट्टा बनाउन पहिले भन्दा निकै सहज भएपनि देशबाट युवशक्ति विदेशीने क्रमले अरु उद्योग जस्तै यस उद्योगमा पनि मजदुरको अभाव देखिएको छ । मजदुरको अभावका कारण कतिपय इट्टा उद्योग बन्दको कारण पनि उत्पादनमा समस्या आएको व्यवसायीहरुको गुनासो छ ।

अर्कोतर्फ आवश्यक कोइलाको अभाव पनि देखिन्छ । आवश्यक कोइरा पनि भारत लगायत तेस्रो मुलुकबाट आयत हुने गरेको छ। तर भारतको अघोषित नाकाबन्दी पछि कोइला आयातमा पनि समस्या भएको छ । जसले इट्टा पोल्नमा समेत समस्या भएको छ। त्यस्तै उपत्यकामा माटोको समेत अभाव हुने गरेको छ। काठमाण्डौको घना बस्तीमा खाली जमीनको कमी भएको कारण आवश्यक माटो ओसार पोसार गर्नु पर्ने हुदा समस्या परेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x