Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

खोटाङ्गको रावावेशीमा राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखाको समुद्घाटन

खोटाङ्गको रावावेशीमा राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखाको समुद्घाटन

काठमाडौं, ७ पुस । राष्ट्रिय वाणिज्य बैंकले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालका हरमटार स्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्येश्यले अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताएका थिए। त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकमा वित्तीय पहुँच विस्तार बैंकले गरिरहेको बताएका छन् ।

बैंकले हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x