Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

खुला प्रतिस्पर्धाबाट कर्मचारी सञ्चय कोषको प्रशासकमा छानिए गौतम

खुला प्रतिस्पर्धाबाट कर्मचारी सञ्चय कोषको प्रशासकमा छानिए गौतम

काठमाडौं, ५ बैशाख । कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतम नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रशासकमा नियुक्त गरेको हो ।

खुला प्रतिष्पर्धामा उत्रिएका मध्ये गौतम, दीपक रौनियार र राजेन्द्र काफ्ले अर्थ मत्तनालयको छनौटमा परेका थिए । गौतम २ प्रतिस्पर्धीलाई पछि पार्दै छनोट हुन सफल भएका हुन् ।

को हुन गौतम
२०४७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका गौतम सात वर्षदेखि सहसचिवका रुपमा कार्यरत थिए । जनप्रशासन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गौतमले भारतको मुम्बईबाट जनसंख्या अध्ययनमा समेत पोष्ट ग्रयाजुयट डिप्लोमा गरेका छन् । न्युजिल्यान्डबाट रणनीति व्यवस्थापनमा स्नातकोत्तर तथा त्यहीँबाट मानव स्रोत व्यवस्थापनमा पोष्ट ग्रयाजुयट गौतम मोरङका स्थायीवासिन्दा हुन् । योजना आयोगमा तीन वर्ष सेवा गरेका गौतमले यसअघि पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी समेत पूरा गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x